काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।
मूल्य बढेसँगै बिहीबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला २६० रुपैयाँले महँगिएर ४ हजार ८५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५९५ रुपैयाँ थियो ।
यसरी एकैदिन सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
तपाईको प्रतिक्रिया