सोमबार ८ भदौ २०८३
राजनीति

कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एकता अपरिहार्यः प्रचण्ड

आइतबार भदौ ७, २०८३/ Sunday 08-23-26

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सहकार्य, एकता र पुनर्गठनको विकल्प नभएको बताएका छन्।

काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै उनले कम्युनिस्ट शक्तिहरू जनताबाट टाढिएको स्वीकार गर्दै विगतका कमजोरी सच्याएर आन्दोलन पुनर्गठन गर्नुपर्ने बताए। आफूहरू मन्त्री, सांसद बन्ने र चुनाव जित्ने गोलचक्करमा फसेको उनको भनाइ थियो।

प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वाधीनताका लागि गम्भीर संकटको रूपमा व्याख्या गर्दै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए।

उनले नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा सहकार्य सुरु भएको र अन्य कम्युनिस्ट शक्तिलाई समेत जोड्दै जाने बताए। सरकारमा जानभन्दा नयाँ आन्दोलन निर्माण र श्रमजीवी जनतालाई संगठित गर्नुपर्ने उनको भनाइ छ।

‘कम्युनिस्ट आन्दोलनको रक्षाका लागि अब एकताको कुनै विकल्प छैन,’ प्रचण्डले भने।

 

तपाईको प्रतिक्रिया