समाज
सप्तरीमा बालिका मृत फेला : घटना ‘शंकास्पद’, सानी आमा पक्राउ
आइतबार भदौ ७, २०८३/ Sunday 08-23-26
लहान। सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेकी छन्।
प्रहरीका अनुसार इरफानकी छोरी सानिया उर्फ खुशी खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट बेपत्ता भएकी थिइन्। परिवारले खोजी गर्ने क्रममा घरपछाडि बालिका मृत अवस्थामा फेला परेकी हुन्।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले मृतककी सानी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।
प्रहरीले उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया