शुक्रबार १९ भदौ २०८३
समाज

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार २५२ पुग्यो

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26

काठमाडौं। गएको बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १२ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनमा ती शव भेटिएका हुन्।

सबैभन्दा धेरै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७ र रसुवामा १२७ शव भेटिएका छन्।

प्राधिकरणका अनुसार ११ हजार ९९३ जनाको उद्धार भएको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीमा घाइते भएका ५ हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ। उद्धार तथा राहतमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

 

तपाईको प्रतिक्रिया