राजनीति
प्रतिनिधिसभा बैठक सुरु, तीन महत्वपूर्ण प्रस्ताव पेश हुँदै
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा युवा, श्रम तथा रोजगार तथा सिँचाइमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनमा पेश गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पनि पेश गर्ने कार्यसूची रहेको छ।
तपाईको प्रतिक्रिया