काठमाडौं । माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार हुनेमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्।
आयोजनाको प्राविधिक काममा संलग्न रहेका उनीहरू गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र अड्किएका थिए।
उद्धारपछि दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनीहरूलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ।
तपाईको प्रतिक्रिया