जीवित उद्धार गरिएका दुई जना सैनिक अस्पतालमा भर्ना, सुरुङभित्र सबै सुरक्षित रहेको भनाइ
काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
भोटेकोशीमा आएको बाढीपछि आयोजनाको सुरुङ क्षेत्रमा फसेका उनीहरूलाई नेपाली सेनासहितको उद्धार टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो।
उद्धार गरिएका दुई जनामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण भइरहेको छ।

बाढीपछि सुरुङभित्र फसेका कामदार तथा कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले निरन्तर अभियान सञ्चालन गर्दै आएको थियो। लामो समयपछि दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्थाबारे पनि खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ।
यसअघि उद्धार गरिएका एक व्यक्तिले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू सुरक्षित रहेको बताएका थिए।
खबरहबका अनुसार घटनास्थलबाट उद्धार गरिएकालाई उपचारका लागि काठमाडौं ल्याइएको हो।
तपाईको प्रतिक्रिया