आइतबार २१ भदौ २०८३
समाज

बाजुराको वीरेखोलामा भीषण बाढी, २३ परिवार विस्थापित

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

बाजुरा । बाजुराको मार्तडी नजिकै रहेको वीरेखोलामा आएको भीषण बाढीका कारण २३ परिवार विस्थापित भएका छन्।

गएराति परेको अविरल वर्षापछि माथिल्लो क्षेत्रमा पहिरो गएर खोला थुनिएको र ताल फुटेपछि बाढी आएको स्थानीयले बताएका छन्। बाढीले खेतीयोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै बस्ती जोखिममा पारेको छ। थप १८ परिवार जोखिममा रहेको बताइएको छ।

विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले २३ परिवारलाई त्रिपाल उपलब्ध गराएको छ।

यस क्षेत्रमा यसअघि पनि बाढी र नदी कटानबाट ठूलो क्षति भएको थियो। पछिल्लो बाढीपछि स्थानीयमा पुनः त्रास बढेको छ। प्रशासनले क्षतिको विवरण सङ्कलन तथा घटनाबारे थप अध्ययन गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया