आइतबार २१ भदौ २०८३
समाज

जलविद्युत् सुरुङबाट चिनियाँ नागरिकको उद्धार

शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि उद्धार तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ।

बाढी आएको ११औँ दिन शनिबार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई नेपाली सेना र दक्षिण कोरियाली विपद् विशेषज्ञ टोलीले सकुशल उद्धार गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाका २१ उद्धारकर्मी खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको मन्त्रालयले जनाएको छ।

उद्धार कार्यमा सहयोग पुर्‍याउन स्विट्जरल्यान्डले अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। साथै, सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियाली विज्ञ र आयोजना इन्जिनियरहरूको संयुक्त टोली परिचालन गरिएको छ।

यसैबीच, बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःसुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया