समाज
११ दिनपछि जीवितै उद्धार भइन् चण्डिका, सेनाको अस्पतालमा उपचार हुँदै
शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26
काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकी चण्डिका श्रेष्ठ ११ दिनपछि नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार भएकी छन्।
शनिबार सशस्त्र प्रहरीको उद्धार टोलीले उनलाई बेत्रावतीबाट जीवितै उद्धार गरेको हो। उद्धारपछि थप उपचारका लागि श्रेष्ठलाई काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा ल्याइएको छ।
उद्धार गरिएकी श्रेष्ठ सामान्य बोलचाल गर्न सक्ने अवस्थामा रहेको जनाइएको छ। अस्पतालमा उनको थप उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया