समाज
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले थाल्यो अस्थायी पुल निर्माण
शनिबार भदौ २०, २०८३/ Saturday 09-05-26
नुवाकोट । नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा एक्रोब्रिज निर्माण थालेको छ।
सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले ६० मिटर लामो र साढे ५ मिटर चौडाइको पुल निर्माण गरिरहेको छ। उक्त पुलले करिब ५० टनसम्म भार धान्न सक्ने जनाइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार निर्माणका लागि आवश्यक सामग्री ढुवानी गरी जडानको काम तीव्र रूपमा अघि बढाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगेपछि आवागमन सहज बनाउन नेपाली सेनाले अस्थायी एक्रोब्रिज निर्माण गरिरहेको हो।
तपाईको प्रतिक्रिया