शुक्रबार २६ भदौ २०८३
समाज

विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु, शव पहिचान हुन सकेन

शुक्रबार भदौ २६, २०८३/ Friday 09-11-26

चितवन । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहीबार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।

कारभित्र रहेका चालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। शरीर जलेका कारण मृतकको पहिचान भने खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया