काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बिहीबार बिहान ११ बजेसम्म १ हजार ४ सय ९ जनाको शव फेला परेको छ। तीमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।
फेला परेका शवमध्ये १ हजार २ सय ३७ शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २ सय ३० वटा डीएनए नमुना संकलन गरिएको छ भने पहिचान नभएका १ हजार ३ सय ६१ शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ। हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २ हजार ३ जनालाई राखिएको छ।
तपाईको प्रतिक्रिया