प्रवास
१३ नेपाली सुरक्षागार्डको मृत्यु भएको घटनाका दोषीलाई अमेरिकामा २० वर्ष जेल
बिहीबार असोज १, २०८३/ Thursday 09-17-26
काठमाडौं। अफगान नागरिक मोहम्मद सरिफुल्लाहलाई आतंकवादी संगठनलाई सहयोग गरेको अभियोगमा अमेरिकामा २० वर्षको जेल सजाय सुनाइएको छ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार सरिफुल्लाह सन् २०१६ देखि सन् २०२५ मा पक्राउ पर्नुअघिसम्म आईएसआईएस–केसँग सम्बन्धित विभिन्न आतंकवादी गतिविधिमा संलग्न थिए। उनीमाथि एक दर्जनभन्दा बढी आतंकवादी आक्रमणमा विभिन्न भूमिकामा संलग्न रहेको अभियोग थियो।
सरिफुल्लाह संलग्न रहेको भनिएको घटनामध्ये सन् २०१६ मा काबुलस्थित क्यानाडेली दूतावासका नेपाली सुरक्षागार्डलाई लक्षित आत्मघाती बम विस्फोट पनि रहेको छ। २० जुन २०१६ मा भएको उक्त आक्रमणमा १३ जना नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो।
तपाईको प्रतिक्रिया