सोमबार २९ भदौ २०८३
खेलकुद

एसियन गेम्सका लागि नेपालको १५ सदस्यीय क्रिकेट टोली घोषणा

आइतबार भदौ २८, २०८३/ Sunday 09-13-26

काठमाडौं। जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्सका लागि नेपालले १५ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा अन्तिम टोली सार्वजनिक गरेको हो। टोलीमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।

टोलीको टिम लिडरमा विनोद दास रहेका छन् भने स्टुअर्ट ललाई मुख्य प्रशिक्षक र अब्दुर सतारलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ। मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर तथा टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी रहेका छन्।

 

तपाईको प्रतिक्रिया