आइतबार ४ असोज २०८३
अर्थ

सेयर बजारमा २२ अंकको वृद्धि,कारोबार रकम साढे ६ अर्ब नाघ्यो

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२.८५ अंकले बढेको छ। बजारमा भएको यो वृद्धिसँगै नेप्से परिसूचक २६४७ अंकमा पुगेको छ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

शुक्रबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखियो। उक्त समूहको सूचक १.५९ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमा समूह पनि १.५२ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत् समूह ०.८५ प्रतिशत, व्यापार ०.८५ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, लगानी ०.१० प्रतिशत र फाइनान्स समूह ०.०२ प्रतिशतले बढेका छन्। अन्य समूह भने ०.११ प्रतिशतले घटेको छ।

आज कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

मूल्य वृद्धितर्फ स्नो रिभर्सको सेयर १३.६६ प्रतिशतले बढेको छ। त्यसैगरी इनिफिनिटी लघुवित्त ९.८१ प्रतिशत, मैलुङखोला जलविद्युत् ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ६.२० प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य ५.०६ प्रतिशतले उकालो लागेको छ।

यता, हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरी लघुवित्त ५.१३ प्रतिशत र मातृभूमि लघुवित्तको सेयर मूल्य २.६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा भने कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि रहेका छन्।

तपाईको प्रतिक्रिया