रसुवा । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।
नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलमा खोजी गर्ने क्रममा जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा ती शव फेला पारेको हो। टोलीले शवहरू बाहिर निकालेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
बाढीपछि आयोजनास्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।
तपाईको प्रतिक्रिया