आइतबार ४ असोज २०८३
राजनीति

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

शनिबार असोज ३, २०८३/ Saturday 09-19-26

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएको छ।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत मन्त्री खनालले विभिन्न बैठक तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले पनि असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन्।

 

तपाईको प्रतिक्रिया