बिजनेस
भारी वर्षापछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द
आइतबार असोज ११, २०८३/ Sunday 09-27-26
स्याङ्जा । लगातारको भारी वर्षाका कारण कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ।
कालीगण्डकी नदीमा पानीको बहाव बढेसँगै आयोजनाको सञ्चालनमा जोखिम देखिएपछि विद्युत् उत्पादन रोकिएको हो।
भारी वर्षाका कारण नदीमा पानीको सतह र बहाव बढेकाले आयोजनाको सुरक्षालाई ध्यानमा राख्दै उत्पादन बन्द गरिएको जनाइएको छ।
आयोजनामा विद्युत् उत्पादन कहिलेदेखि पुनः सुरु गर्ने भन्ने विषय नदीको बहाव र अवस्थाको मूल्याङ्कनपछि तय गरिने बताइएको छ।
कालीगण्डकी ‘ए’ नेपालका प्रमुख जलविद्युत् आयोजनामध्ये एक हो।
तपाईको प्रतिक्रिया