काठमाडौं–६ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पुष्कर थापा मैदानमा
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं–६ को १५औँ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा युवा नेता तथा व्यवसायी पुष्कर थापाले महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। थापाले विष्णुभक्त तिमिल्सिनाको प्यानलबाट उम्मेदवारी दिएका हुन्।
तार्केश्वर–२ का स्थायी बासिन्दा थापाले असोज १२ गते तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युमा हुने अधिवेशनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै थापाले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा पार्टीलाई एकताबद्ध र जनमुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
व्यवसाय संगै समाजसेवामा समेत सक्रिय रहँदै आएका थापाले पार्टी संगठनलाई जनतासँग थप नजिक बनाउने र कार्यकर्ताका भावना, आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्न आफूले प्राथमिकता दिने बताएका छन्।
उनले अधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दै आफ्नो उम्मेदवारीलाई विश्वास गरी मत, साथ, समर्थन र शुभेच्छा प्रदान गर्न आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया