शुक्रबार ९ असोज २०८३
राजनीति

समानान्तर महाधिवेशन गर्न देउवा समूहले तोक्यो ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि(सूचीसहित)

बिहीबार असोज ८, २०८३/ Thursday 09-24-26

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई अघि बढाउँदै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। रुकुम पश्चिमबाहेक सबै जिल्लामा प्रतिनिधि खटाइएको हो।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तथा मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। सोहीअनुसार संयोजक डा. कोइरालाले ७६ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेका हुन्।

समूहका नेता दीपक खड्काका अनुसार कोशी प्रदेशअन्तर्गत ताप्लेजुङमा प्रताप प्रकाश हङ्गाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, संखुवासभामा दीपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजीमय, ओखलढुंगामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्कीलाई प्रतिनिधि तोकिएको छ।

मधेस प्रदेशमा सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेश प्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपानेले जिम्मेवारी पाएका छन्।

बागमती प्रदेशमा दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुर र ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य तथा काठमाडौंमा कल्याणी रिजाललाई प्रतिनिधि तोकिएको छ।

गण्डकी प्रदेशमा गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा.डा. राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषि काफ्ले, बागलुङमा जीत शेरचन र नवलपुरमा गुरु बराललाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिममा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वर सिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा सुदिप नरसिंह राणा र बर्दियामा जग्गा पाण्डे तोकिएका छन्।

कर्णाली प्रदेशमा रुकुम पश्चिमबाहेक सबै जिल्लामा प्रतिनिधि खटाइएको छ। सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाहीले प्रतिनिधिको जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन तामाकार, अछाममा कविराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणि भट्ट, डडेलधुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ।

यससँगै देउवा समूहले समानान्तर महाधिवेशनको तयारीका लागि जिल्लास्तरमा संगठनात्मक गतिविधि अघि बढाएको छ।

तपाईको प्रतिक्रिया