चोलेन्द्रशमशेर जबरा ११ घण्टापछि प्रहरी नियन्त्रणबाट रिहा
काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार (असोज ११) दिउँसो प्रहरीले उनलाई छाडेको हो । उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
तर, उनलाई कहाँ पठाइयो भन्ने बारे प्रहरीले विस्तृतमा खुलाएको छैन । आइतबारै बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनी ११ घण्टाभन्दा बढी समय प्रहरीको नियन्त्रणमा थिए ।
उनलाई पक्राउ गर्न उक्त कार्यालयको प्रहरी टोली पुगेको थियो। प्रहरीले उनलाई सुरक्षाका निम्ति कार्यालयमा ल्याइएको जनाएको थियो ।
कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति ल्याउनुपरेको जिकिर गरेका गरेका थिए ।
तपाईको प्रतिक्रिया