काठमाडौं । नारायणी नदीमाथिको पुलमा अचानक आवागमन बन्द गरिएपछि हजारौँ यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलबाट आवतजावत रोकिएको हो।
पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका ठूलो संख्याका सवारीसाधन तथा यात्रुहरू बाटोमै रोकिएका छन्। पुलको दुवैतर्फ सवारीसाधनको चाप बढेको छ।
भरतपुरको नारायणगढतर्फ तथा नवलपुरको गैँडाकोटतर्फ यात्रुहरू रोकिएका छन् भने पुलको अवस्था हेर्न आउने सर्वसाधारणको समेत भीड लागेको छ।
सम्बन्धित निकायले जोखिमको अवस्था मूल्यांकन गरेपछि पुलमा आवागमन पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ।
तपाईको प्रतिक्रिया