समाज
चार दिनमा विपद्का घटनामा १५ जनाको मृत्यु, १ हजार २८४ जनाको उद्धार
आइतबार असोज ११, २०८३/ Sunday 09-27-26
काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानलगायत विपद्का घटनामा परी १५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्का घटनामा बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेश प्रदेशमा एक जनाको मृत्यु भएको हो।
विपद्का घटनामा चार जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस अवधिमा बाढी, पहिरो तथा डुबानमा परेका १ हजार २८४ जनाको उद्धार गरिएको छ। जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका भौतिक सामग्री सुरक्षित गर्ने काम पनि जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विपद् प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा उद्धार र व्यवस्थापनका काम भइरहेको छ।
तपाईको प्रतिक्रिया