मनोरन्जन
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
सोमबार असोज १२, २०८३/ Monday 09-28-26
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
सोमबार न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई उनको निवासबाट पक्राउ गरेको थियो। रास्वपाकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
खतिवडाले केही दिनअघि सामाजिक सञ्जालमार्फत प्रसाईंले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडालाई लिएर अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्।
उक्त उजुरीका आधारमा प्रहरीले प्रसाईंमाथि अनुसन्धान अघि बढाएको हो।
तपाईको प्रतिक्रिया