शनिबार १७ असोज २०८३
राजनीति

कांग्रेसको देउवा समूहको ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

शुक्रबार असोज १६, २०८३/ Friday 10-02-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। महाधिवेशनअन्तर्गत संस्थापन इतर समूहले देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ।

संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार सम्पन्न वडा अधिवेशनमध्ये कोशी प्रदेशमा १ हजार १५७ वडामध्ये ५७७ वडामा अधिवेशन सकिएको छ। मधेस प्रदेशका १ हजार २७१ मध्ये ४०२, बागमतीका १ हजार १२१ मध्ये ५६३ तथा गण्डकीका ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिम प्रदेशका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिको विवरणमा उल्लेख छ।

संस्थापन इतर समूहले १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने तयारी गरेको छ।

उता, कांग्रेसको संस्थापन पक्षले पनि महाधिवेशनको तयारीलाई अघि बढाएको छ। संस्थापन पक्षले परि काठमाडौंमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारीका लागि आकांक्षीहरूको संख्या पनि बढ्दै गएको छ। नेतृत्व चयनका लागि दुवै पक्षले संगठनात्मक तयारी तथा आन्तरिक गतिविधिलाई तीव्रता दिएका छन्।

 

तपाईको प्रतिक्रिया