राजनीति
काठमाडौं–६ को कांग्रेस सभापतिमा ख्यामराज तिवारी निर्वाचित
मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ को क्षेत्रीय सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन्।
क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचनमा तिवारीले २३५ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विष्णुभक्त तिमिल्सिनाले २२५ मत प्राप्त गरे भने इन्द्रमान महर्जनले ३५ मत पाएका छन्। निर्वाचनमा १२ मत बदर भएको छ।
सभापति पदको निर्वाचनमा तिवारी र तिमिल्सिनाबीच सुरुदेखि नै प्रतिस्पर्धा देखिएको थियो। अन्तिम परिणाममा तिवारीले तिमिल्सिनालाई १० मतको अन्तरले पछि पार्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पारेका हुन्।
प्यानलअन्तर्गत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विस्तृत मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ।
तपाईको प्रतिक्रिया