दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईलाई पक्राउ गर्नुको कारणसहित अदालतमा पेस गर्न आदेश दिएको हो।
प्रसाईका तर्फबाट उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीसहितका निकायलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
केही समयअघि प्रसाईले जेनजी सहिदकी आमासमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खड्कालाई लक्षित गरी अभिव्यक्ति दिएका थिए। खड्काले उक्त विषय प्रतिनिधिसभाको बैठकमा समेत उठाएकी थिइन्।
खड्काले दिएको जाहेरीका आधारमा साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सोही पक्राउविरुद्ध उनकी तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो।
तपाईको प्रतिक्रिया