काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार भएको भेटमा सभामुख अर्यालले आफू अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार विदेश प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए।
भेटवार्ता राष्ट्रपति कार्यालयमा भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया