काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको छ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको हो।
यसदिन ३५६ वटा धितोपत्रको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये ६१ वटाको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
शुक्रबार एनएमबी डिबेन्चर १०.७५%–२०८९/२०९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। उक्त डिबेन्चरको मूल्य १ हजार ४०० रुपैयाँ पुगेको छ।
त्यस्तै, १०.७५% एसबिएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले वृद्धि भएर १ हजार ३६० रुपैयाँ पुगेको छ।
यता, सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ। बैंकको प्रतिकित्ता मूल्य ४४८ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, धौलागिरी लघुवित्तको सेयर मूल्य ४.९५ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९० रुपैयाँ १० पैसा पुगेको छ।
कारोबार रकमका आधारमा १०.७५% एसबिएल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ। उक्त डिबेन्चरको १ हजार ३६० रुपैयाँका दरले २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। कम्पनीको प्रतिकित्ता २ हजार ७०८ रुपैयाँका दरले १५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
शुक्रबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
तपाईको प्रतिक्रिया