शनिबार १७ असोज २०८३
राजनीति

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त

शुक्रबार असोज १६, २०८३/ Friday 10-02-26

काठमाडौँ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन्।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रोकासहित आयोगका चार पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री किरण थापा मगरले काठमाडौँको पेप्सीकोला स्थायी घर भएका रोकालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई पनि नियुक्त गरेको छ।

नियुक्त भएका पदाधिकारीमध्ये रोका र दीपक विक्रम थापा नेकपा एमालेको सिफारिसमा नियुक्त भएका हुन्। यस्तै, सुरेन्द्रवर सिंह थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा तथा सुनिता गौतम नेकपाको सिफारिसमा आयोगमा आएका हुन्।

नवनियुक्त उपाध्यक्ष रोका तथा सदस्यहरू दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सदस्य सुनिता गौतमको शपथ भने पछि हुने बताइएको छ।

तपाईको प्रतिक्रिया