सोमबार १९ असोज २०८३
राजनीति

काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। आइतबार उद्घाटन भएको महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

वर्षाका कारण निर्धारित समयभन्दा दुई दिन ढिला गरी सुरु भएको महाधिवेशनमा देशभरका साथै विदेशबाट समेत गरी करिब सात हजार सात सय प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गरेका छन्।

महाधिवेशनको कार्यतालिकाअनुसार असोज १८ गते उद्घाटन समारोह, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरेको छ।

यसपटक उद्घाटन समारोह र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ। बन्दसत्र सञ्चालनका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नामका तीनवटा छुट्टाछुट्टै हल निर्माण गरिएका छन्। ती हलमा डिजिटल बोर्डमार्फत पदाधिकारीका प्रतिवेदन प्रस्तुत गरिने र प्रतिनिधिहरूबीच छलफल गरिने व्यवस्था मिलाइएको छ।

महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन गर्नुका साथै संगठनात्मक नीति तथा भावी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया