काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको संयुक्त टोलीले छापा मारेको छ ।
डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोली जबराको निवासमा पुगेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरू पनि सँगै सहभागी भएको प्रहरीले जनाएको छ ।
यसअघि पक्राउ परेका जबरालाई १२ घण्टा हिरासतमा राखेर रिहा गरिएको थियो । पछिल्लो समय उनको सम्पत्तिसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया