बिहीबार २२ असोज २०८३
राजनीति

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, चार प्रतिवेदन पास गरिने

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको छ।

प्रतिवेदन पारित भएपछि महाधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्नेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।

महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी कुल २४ जना पदाधिकारी चयन हुनेछन्।

यीमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष गरी पाँच पद सभापतिले मनोनयन गर्ने व्यवस्था छ। बाँकी १९ पदाधिकारी भने प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनेछन्।

बन्दसत्रमा प्रतिवेदनमाथिको छलफल र पारित गर्ने प्रक्रिया सम्पन्न भएपछि कांग्रेस महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया