एक्सनमा प्रहरी निरीक्षक समुन्नत अधिकारी : अपराध नियन्त्रणदेखि फैसला कार्यान्वयनसम्म
पर्सा । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (प्र.नि.) समुन्नत अधिकारीले आठ महिनाको नेतृत्व अवधिमा अपराध नियन्त्रण, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण तथा अवैध उत्खननविरुद्ध उल्लेखनीय सक्रियता देखाएका छन्।
प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका ५२ जना पक्राउ परेका छन्। उनीहरूबाट १३ वर्ष ५ महिना कैद कार्यान्वयन गरिनुका साथै २ करोड ८२ लाख १० हजार ६५६ रुपैयाँ ३० पैसा जरिवाना असुल गरिएको छ।
त्यस्तै, चालु मुद्दा तथा अनुसन्धानका क्रममा २२ जना पक्राउ परेका छन् भने ३ वटा मुद्दा दर्ता गरिएको छ।

लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ४५३ किलो १७ ग्राम गाँजा बरामद गर्दै ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १ ट्रयाक्टर, २ मोटरसाइकल, १ साइकल र १ कार समेत नियन्त्रणमा लिइएको छ।
यसैगरी प्रहरीले २० ग्राम ८७ मिलीग्राम ब्राउन सुगर र ४ ग्राम अफिम बरामद गरी ४ जनालाई पक्राउ गरेको जनाएको छ। हातहतियारसम्बन्धी कारबाहीमा हातहतियारसहित १ जना पक्राउ परेका छन् भने विस्फोटक पदार्थसहित ४ जना पक्राउ गरी १ वटा कार नियन्त्रणमा लिइएको छ।
काठ तस्करी नियन्त्रण अभियानअन्तर्गत काठका ५७ थान गोलिया, २ ट्रयाक्टर र १६ साइकल नियन्त्रणमा लिइएको छ। सो क्रममा ३ जना पक्राउ परेका छन्।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले ६३ वटा ट्रयाक्टर र २ वटा जेसीबी नियन्त्रणमा लिएको छ।
भन्सार चोरी पैठारी नियन्त्रणतर्फ २९ लाख ९५ हजार २६९ रुपैयाँ बराबरको गैरकानुनी मालसामान बरामद गरिएको छ भने घटनामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन्।

घरेलु मदिरा नियन्त्रण अभियानमा १ हजार ६५४ लिटर तयारी घरेलु मदिरा तथा ३ हजार १५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।
त्यसैगरी लागूऔषधका रूपमा प्रयोग हुने गाँजा तथा अफिम खेतीविरुद्ध अभियान सञ्चालन गर्दै प्रहरीले ३७ हजार ६८४ बोट गाँजा र २ हजार ५०० बोट अफिम फडानी गरी नष्ट गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार प्रहरी निरीक्षक समुन्नत अधिकारीको आठ महिनाको नेतृत्व अवधिमा अपराध अनुसन्धान तथा नियन्त्रण, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण, अवैध उत्खनन, काठ तथा भन्सार तस्करी नियन्त्रण र अवैध मदिराविरुद्धका अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
तपाईको प्रतिक्रिया