राजनीति
श्यामकृष्ण खड्गीले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गरे
मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
खड्गीले सोमबार नै कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। त्यसको भोलिपल्ट उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ७ हजार १ सय १४ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।
सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै कांग्रेस महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ।
तपाईको प्रतिक्रिया