बुधबार २१ असोज २०८३
बिजनेस

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ।

यसअघि बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेला एसीईओमा बढुवा भएका हुन्।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो करिअर सुरु गरेका थिए। त्यसको दुई वर्षपछि सन् २००६ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध हुँदै निरन्तर बैंकिङ सेवामा सक्रिय छन्।

बैंकमा लामो समयदेखि कार्यरत रहँदा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणलगायत विभिन्न महत्वपूर्ण विभागको जिम्मेवारी सम्हालिसकेका छन्।

तपाईको प्रतिक्रिया