काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
चालिसेले मंगलबार उपसभापति पदको खुलातर्फ उम्मेदवारी दर्ता गराएका थिए। उनले बुधबार उम्मेदवारी फिर्ता लिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
विशेष महाधिवेशनपछि कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्तासँगै उनी अब उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
तपाईको प्रतिक्रिया