शनिबार २४ असोज २०८३
समाज

पोखरामा स्कुल बस दुर्घटना, तीन जनाको मृत्यु

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

पोखरा।  पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस कालिकास्थित ओख्लेको भीरबाट खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ग २ ख १४१७ नम्बरको बसमा २० भन्दा बढी विद्यार्थी सवार थिए। पोखराका प्रहरी प्रमुख एसपी नवीन कार्कीले दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएका तीनै जनाको मृत्यु भएको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया