राजनीति
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सुरु, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी
शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान आज अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि मतदानमा सहभागी हुनेछन्।
मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ। राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्।
त्यसैगरी, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्। नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पनि यही मतदान केन्द्रमा व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने तयारी छ।
तपाईको प्रतिक्रिया