मंगलबार २० असोज २०८३
बिजनेस

दशैंमा टुसालको धमाका अफर : ५५ हजारमै जिम र वेलनेशको वार्षिक प्याकेज, १ महिना बोनस

सोमबार असोज १९, २०८३/ Monday 10-05-26

काठमाडौँ । तारकेश्वर नगरपालिका–८ मा अवस्थित टुसाल मल्टिभेन्यूले दशैंको अवसर पारेर ग्राहकहरूका लागि विशेष ‘दशैं धमाका अफर’ सार्वजनिक गरेको छ।

फिटनेस, स्वास्थ्य, आराम र मनोरञ्जनलाई एउटै गन्तव्यमा समेट्दै आएको टुसालले यसपटक रु. ५५ हजारमै एक वर्षको जिम तथा वेलनेश प्याकेज उपलब्ध गराएको हो। विशेष अफरअन्तर्गत तोकिएको अवधिमा सदस्यता नवीकरण गर्ने ग्राहकले थप एक महिना निःशुल्क पाउनेछन्।

टुसालका मार्केटिङ म्यानेजर प्रिन्स तिमिल्सिनाका अनुसार घटस्थापनादेखि फूलपातीसम्म सदस्यता नवीकरण गर्ने सबै ग्राहकलाई थप एक महिनाको सुविधा निःशुल्क उपलब्ध गराइनेछ। दशैंको अवसरमा ग्राहकलाई फिटनेससँगै वेलनेशका विभिन्न सुविधा सहज र आकर्षक मूल्यमा उपलब्ध गराउने उद्देश्यले अफर ल्याइएको उनले बताए।

टुसालको वार्षिक प्याकेजमा जिम तथा कार्डियो, स्वीमिङ, सौना, स्टिम र ज्याकुजी लगायतका सुविधा समेटिएका छन्। नियमित व्यायामसँगै शरीरलाई आराम र रिल्याक्सेसन दिने विभिन्न वेलनेश सुविधाको उपयोग गर्न सकिने तिमिल्सिनाले बताए।

उनका अनुसार दशैंको तयारीसँगै आफ्नो स्वास्थ्य र फिटनेसलाई पनि प्राथमिकता दिन सकियोस् भन्ने उद्देश्यले विशेष अफर ल्याइएको हो। सीमित अवधिका लागि उपलब्ध हुने भएकाले इच्छुक ग्राहकले समयमै सदस्यता नवीकरण गरी अफरको लाभ लिन सक्नेछन्।

टुसाल मल्टिभेन्यूमा फिटनेस र वेलनेशसँगै खानपिनका लागि रेस्टुरेन्टको सुविधा पनि उपलब्ध छ। सदस्यहरूले टुसालको रेस्टुरेन्टमा १५ प्रतिशत छुट समेत प्राप्त गर्ने व्यवस्था गरिएको छ।

रु. ५५ हजारमा एक वर्षको प्याकेज, थप एक महिना बोनस र रेस्टुरेन्टमा १५ प्रतिशत छुटसहितको यो अफर ग्राहकका लागि दशैंको विशेष प्याकेजका रूपमा ल्याइएको तिमिल्सिनाले बताए।

 

तपाईको प्रतिक्रिया