शनिबार २४ असोज २०८३
राजनीति

कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ७ बजेसम्म थप

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्म निर्धारण गरिएको मतदान अवधि बढाएर ७ बजेसम्म पुर्‍याइएको हो।

नेपाली कांग्रेस नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेकाले समय थप गर्ने निर्णय गरिएको हो।

नयाँ नेतृत्व चयनका लागि बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। कांग्रेसको नेतृत्व चयन प्रक्रियामा कुल ७ हजार ३१७ जना प्रतिनिधिले मतदान गर्नेछन्।

महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यलगायत पदमा नेतृत्व चयन गर्नुपर्नेछ। विभिन्न २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न बढी समय लागेको बताइएको छ।

तपाईको प्रतिक्रिया