विश्व बैंकसँग भूकम्पीय विपद् बन्ड सम्झौता गर्न सरकारको स्वीकृत
काठमाडौं । सरकारले विश्व बैंकसँग नेपाल भूकम्पीय विपद् बन्डसम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ। बैठकका निर्णयबारे सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका हुन्।
त्यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।
बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बढुवासँगै उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको मन्त्री तिमल्सिनाले बताएका छन्।
तपाईको प्रतिक्रिया