शनिबार २४ असोज २०८३
समाज

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

पोखरा । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा २१ जना सवार थिए, जसमध्ये १९ जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरू कक्षा १० को परीक्षाको तयारीका लागि अतिरिक्त कक्षा लिन जाँदै थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीका अनुसार दुर्घटनामा परेका सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत थिए।

दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि पुर्‍याइएका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया