काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । मतगणनाको नतिजाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिका अर्का प्रत्याशी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । निर्वाचनमा ५४ मत बदर भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३१७ जना प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टी केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। अन्य पदको मतगणना त्यहीँ गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया