समाज
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथमा पिण्डदान गर्नेको भीड
शनिबार असोज २४, २०८३/ Saturday 10-10-26
काठमाडौं । पितृपक्ष अर्थात् सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा दिवंगत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नेको भीड लागेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आश्विन कृष्ण औँसीका दिन समापन हुँदैछ। यस अवसरमा वैदिक सनातन धर्मावलम्बीले आफ्ना दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरी धार्मिक परम्पराअनुसार श्राद्ध गर्ने गर्छन्।
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदी किनारमा बिहानैदेखि पितृको सम्झनामा धार्मिक विधि पूरा गर्ने श्रद्धालुको उपस्थिति देखिएको छ।
पितृपक्षमा दिवंगत आफन्तको आत्माको शान्ति तथा पितृप्रतिको श्रद्धा व्यक्त गर्न श्राद्ध गर्ने धार्मिक मान्यता छ।
तपाईको प्रतिक्रिया