सोमबार २६ असोज २०८३
समाज

बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगायो

आइतबार असोज २५, २०८३/ Sunday 10-11-26

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटस्थित पुल बगाएको छ। चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आज बिहान आएको बाढीले पुल बगाएको हो।

बाढीका कारण आरूघाटका केही घरमा समेत पानी पसेको छ। पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको प्रारम्भिक विवरण छ।

त्यस्तै, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि बाढीले व्यापक क्षति पुर्‍याएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया