दसैँ नजिकिएसँगै नयाँ बसपार्कमा बढ्यो घर फर्किने यात्रुको चहलपहल
काठमाडौं। वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
दसैँ मनाउन काठमाडौं उपत्यकामा रहेका नागरिक गाउँघर फर्किन थालेपछि नयाँ बसपार्कमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुको संख्या बढेको हो। पछिल्लो समय विशेषगरी लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको यातायात व्यवसायीले बताएका छन्।
दसैँको मुख्य समय नजिकिँदै जाँदा घर फर्किने यात्रुको संख्या अझ बढ्ने अनुमान गरिएको छ। यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको जनाइएको छ।
अग्रिम टिकट बुकिङ खुलेपछि दसैँको समयमा घर फर्किने यात्रुले आफ्नो यात्रा सहज रूपमा व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लाका लागि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्। दसैँका बेला उपत्यकाबाट ठूलो संख्यामा नागरिक बाहिरिने भएकाले बसपार्कमा यात्रुको चाप उल्लेख्य रूपमा बढ्ने गर्छ।
तपाईको प्रतिक्रिया