काठमाडौं । धादिङको गलौँदीमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा त्रिशूली नदीको कटानका कारण शुक्रबार सडक भासिएपछि यातायात प्रभावित भएको थियो। अवरुद्ध सडक आइतबार दिउँसो ३ः१० बजेदेखि दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सडक पुनः सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। साथै, सो मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई पनि सहज भएको छ।
तपाईको प्रतिक्रिया