मंगलबार २७ असोज २०८३
समाज

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनको भीड

सोमबार असोज २६, २०८३/ Monday 10-12-26

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको दोस्रो दिन काठमाडौँस्थित मैतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनको चहलपहल बढेको छ।

नवरात्रको दोस्रो दिन दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। धार्मिक आस्थाका साथ भक्तजन बिहानैदेखि देवीको दर्शन र पूजाआजाका लागि मन्दिर पुगिरहेका छन्।

दसैँमा दुर्गा भवानीको उपासना गर्ने परम्पराअनुसार देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। धार्मिक श्रद्धा, आस्था र शक्तिको उपासनाको पर्वका रूपमा दसैँ मनाइन्छ।

 

तपाईको प्रतिक्रिया